हेमन्त केसी
सुर्खेत । भौगोलिक रुपमा विकट मानिएको कर्णालीमा भारी मात्रामा साना ,ठुला नदी रहेका छन् । भेरी नदी, कर्णाली नदीदेखि साना ,साना नदीको मात्रा धेरै रहेको छ । यी नदीका सहायक नदीहरु पनि थुपै रहेका छन् । शान्ति प्रक्रिया पछि विकासको लयमा आउन थालेको कर्णाली प्रदेशमा संघीयताले थप टेवा पुर्याएको छ । गाउँ ,गाउँमा सडक निर्माणका कामहरु चलिरहेका छन् भने भौतिक पूर्वाधारका कामहरु समेत सँगै जारी अवस्थामा रहेको छ ।
कर्णाली प्रदेश शुद्ध जल भण्डारको रुपमा रहेको मात्र नभई हिमालय पर्वतको कापहरु आउने शुद्ध पानी यहाँको लागि अमृतको रुपमा लिने गरिएको छ । चिनको सिमाना आर्थात उत्तरदेखि पश्चिम बग्ने भेरी नदी देखि सबै भन्दा लामो फेरो हाल्ने कर्णाली नदी कर्णालीमै रहेका छन् । माथिल्लो हिमालले ठोकेको चाँदेझैँ भूभागदेखि तल्लो भागमा समथर रहेको कर्णाली अझैँ भर्जिन नै रहेको छ । कर्णाली घुम्नका लागि पनि उत्कृष्ट गन्तव्य हुँदै आएको छ । यहाँ धार्मिक पर्यटनको महत्व र आस्था समेत उस्तै रहेको छ । जो कर्णाली नदी र भेरी नदीको किनारकै आसपासमा बढी मात्रामा रहेको पाइन्छ ।
भारीमात्रामा धार्मिक पर्यटन देखि हिमालको आहा भन्दै आनन्द लिनेहरुका लागि मात्र नभई दैनिक कर्णालीका उच्च , समथर तथा मध्य भागमा सुन्दर कर्णालीको सपना देखेर संर्घष गर्ने भारी स्थानीयबासीका लागि पनि पुल , पुलेसा निर्माण गर्न प्रदेश सरकारले आफ्नो लगानी गर्दै आएको छ । कर्णाली प्रदेश स्थापना देखि हालसम्मका सरकारले कर्णाली प्रदेशमा रहेका दर्जनौ नदी नालामा वारपार गर्न झोलुङ्गे पुल बनाउदै आएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी प्रविण कार्कीले बताए । कर्णालीमा झोलुङ्गे पुलले बाटो मात्र छोटिदैन, मानिसका दैनिक संर्घषको समय पनि छोटिने उदेश्यलका साथ प्रदेश सरकारले झोलुङ्गे पुलको कल्पना गर्दै लगानी गर्दै आएको उनको भनाई रहेको छ ।
विद्यालय जाने विद्यार्थीको दुखका कथा देखि विहान झिसमिसेमा निस्किएर आफ्नो तौल भन्दा बढी घासको भारी बोकेर खाली पेट नुनिला मसिना पुच्छै आउने किसानका लागि समेत उत्तिकै झोलुङ्गे पुलको महत्व कर्णालीमा रहेको छ । कर्णालीका १० जिल्लामा यो आर्थिक वर्षमा मात्र मन्त्रालयले ९० वटा पुल बनाउनका लागि बजेट बिनियोज भई कार्यान्वन तहमा पुगेको सूचना अधिकारी कार्कीले बताए ।
भूगोलको प्राथमिक र आवश्यकता आधारमा प्रदेश सरकारले झोलुङ्गे पुल निर्माण कार्यलाई जारी राखेको बताउदै कार्कीले भने ,‘चालु आव र अघिल्लो आवका गरि ९० वटा पुल निर्माण गर्न लागेको छौँ । भौगोलिक रूपले विकट र दुर्गम स्थानहरूका जनताको यातायात सेवाको पहुँचमा सहजता एवम् सुधार गर्न झोलुङ्गे पुल निर्माण गर्न लागिएको छ । अहिले मात्र पुल निर्माण गर्न मन्त्रालयसँग २० करोड ५० लाख बजेट रूपैयाँ विनियोजन गरेको छ । चालु आबमा ४२ वटा नयाँ पुल निर्माण गर्ने कार्य योजना रहेको छ । मन्त्रालयले ग्रामीण क्षेत्रमा नागरिकलाई नदी वारपार गर्न झोलुङ्गे पुल निर्माण गरिरहेको छ । ’
उत्ता भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले आर्थिक वर्ष २०८०/०८१ मा २७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको बताए । मन्त्रालयको लक्ष्य वर्ष ९४ वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य रहेको समेत उनले सुनाए । त्यसैगरी आर्थिक वर्ष २०७८÷०७९ मा ७७ वटा पुल निर्माण भएको थियो भने आर्थिक वर्ष २०७९/०८० मा एक सय सात वटा पुल निर्माण गरिएको भौतिक मन्त्रालयले जनाएको छ । यो वर्ष पनि ४२ नयाँ पुल निर्माणका लागि बजेटको व्यवस्था गरिएको छ । यो वर्ष पनि ९० पुल निर्माण गर्ने लक्ष्य लिएको उनले बताए ।
मन्त्री बुढाका अनुसार ४२ वटा नयाँ पुलको बजेट निश्चित भएको छ । उपल्लो डोल्पामा जन्मिएका मन्त्री बुढाले भने , ‘कर्णाली हेर्ने हो डोल्पा , हुम्ला र मुगु जानु पर्छ । त्यही खास कर्णालीका कथा र भावना देखिन्छ । अनि मानिसले गरेका संर्घष अनि बाँच्ने आधार देखिन्छ । जिन्दगीको परिभाषा समेत त्यही देखिन्छ । सुनका कुरा भन्दा त्यहाँ नुनका कथा महंगा छन् । चामलका कुरा भन्दा तिते फापरका कथा महंगा रहेका छन् । ’
कर्णालीका सबै ठाउँमा अझैँ सडकको पहुँच नपुगको भन्दै मन्त्री बुढाले केन्द्रीय राज्य सत्ताले हामीलाई अझैँ न्याय गर्न नसकेको बताए । हुम्ला, डोल्पाका रहेका नागरिकहरु विना बर्दीका सिमाका सिपाई रहेको भन्दै राज्यले त्यहाँका नागरिकको लागि भारी योगदान गर्नुपर्ने उनको भनाई रहेको छ । सिमा क्षेत्रमा अझैँ सम्मा नेपाल सरकारको उपस्थिती हुन नसकेको पूर्वमन्त्री बीरबहादुर शाहीले बताए ।
राज्यसँग उपल्लो डोल्पामा सुरक्षाका लागि व्यवस्था गरिदिन आग्रह गरियो तर अहिले सम्म सुनुवाई भएन पूर्वमन्त्री शाहीले भने । डोल्पाको सदरमुकाम दुनैबाट फोक्सुण्डो पुग्ने समय सम्मा दर्जनौ काठको पुल वारपार गर्नुपर्छ त्यो ठुलो जोखिम हो , उनले भने । भेरी नदीको किनारै किनार भएर यात्रा गर्ने देखि सानीभेरी , जगदुल्ला खोला , तिला , हिमा , नलगाड लगायतका साना ,ठुला नदीहरुमा झोलुङ्गे पुलको सहारामा धेरै समय छोटिने गरेको उनको भनाई रहेको छ । अन्य प्रदेशमा विकास चिनेको धेरै भएपनि कर्णालीमा विकास भन्ने खास शव्दसँग मितेरी लगाएको माओवादी जनयुद्ध पछि आएको शान्ति पश्चात मात्र रहेको उनको भनाई रहेको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend