बेइजिङ । उत्तरी छिमेकी चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृत गरेको छ ।
चीनले तिब्बती पठारको पूर्वी भागमा आफ्नो महत्वाकांक्षी परियोजना सुरु गर्न लागेको हो।
पावर कन्स्ट्रक्सन कर्पोरेशन अफ चाइनाले दिएको जानकारी अनुसार यार्लुङ जाङ्बो नदीको तल्लो तहमा निर्माण भइरहेको यो बाँधले वार्षिक ३०० अर्ब केडब्ल्यूएच बिजुली उत्पादन गर्ने क्षमताको हुनेछ । हाल मध्य चीनमा बनेको विश्वको सबैभन्दा ठूलो थ्री गर्जेस बाँधको क्षमता ८८.२ बिलियन केडब्ल्यूएच छ, अर्थात् चीनको नयाँ बाँधको क्षमता यो भन्दा ३ गुणा बढी हुनेछ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार यो परियोजनाले चीनको प्रमुख उद्देश्यहरू हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। चीनको कार्बन पिकिङ र कार्बन तटस्थता लक्ष्यहरू पूरा गर्न साथै इन्जिनियरिङ जस्ता उद्योगहरूलाई प्रोत्साहन गर्न र र यो परियोजनाले तिब्बतमा रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ।
यार्लुङ जाङ्बोको एउटा खण्ड ५० किलोमिटर (३१ माइल) को छोटो दुरीमा २,००० मिटर (६,५६१ फीट) को उचाइमा अवस्थित छ, जसले ठूलो जलविद्युत क्षमताका साथै कठिन इन्जिनियरिङ चुनौतीहरू प्रदान गरिरहेको छ ।
यो बाँध निर्माण गर्न ३४ अर्ब ८३ करोड डलर लाग्ने अनुमान गरिएको छ, जसमा बाँधका कारण विस्थापित भएका १४ लाख जनताको पुनर्स्थापना पनि समावेश छ । तर, तिब्बतमा यो परियोजनाबाट कति मानिस विस्थापित हुनेछन्, अधिकारीहरूले भने अझै खुलाएका छैनन् ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend