Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेको मुद्दा न्यायाधीश राईको इजलासमा


    सोमबार, पुष ८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्की लगिएको छ । बयानका लागि लामिछानेलाई केहीबेरअघि अदालत लगिएको हो ।

    लामिछानेसहित पाँच प्रतिवादी छविलाल जोशी, कृष्णप्रसाद गुरुङ, रामबहादुर खनाल र लिला पछाईंको आजदेखि जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा अदालती बयान हुनेछ ।

    जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछानेसहितको बयान सकिएपछि मात्र थुनछेक बहस र आदेश हुने बताए ।

    यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार