Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हनी ट्र्याप प्रकरण- निलम्बित इन्सपेक्टर बिनुकुमारी शाही अदालतमा उपस्थित


    आइतबार, पुष ७ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काटमाठौं – ललितपुरको भैँसेपाटी प्रभागबाट सार्वजनिक भएको हनी ट्र्याप घटनामा प्रभागकी तत्कालीन प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालतमा उपस्थित भएकी छन्।

    अदालतका प्रवक्ता राम सजिवन महतोले निलम्बित निरीक्षक शाही अदालतमा उपस्थित भएको पुष्टि गरेका छन्। उनी उपस्थित भएसँगै आजैबाट थुनछेक बहस शुरु हुने पनि प्रवक्ता महतोले जानकारी दिए ।

    प्रहरी प्रभाग भैँसे पाटीको इन्चार्ज रहेका बेला हनी ट्र्यापको माध्यमबाट रकम असुली गरेको आरोप शाहीमाथि लागेको थियो। यसै प्रकरणमा जिल्ला अदालत ललितपुरले यसअघि ताजमूल इस्लामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    त्यस्तै, प्रहरी हवल्दार महेन्द्र हमाललाई तारेखमा र सुस्मा विकलाई २ लाख रुपैयाँ धरौटीमा र भिमादेवी थापालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको थियो।

    निलम्बित शाही र अर्का एक जना पुरुष फरार रहेका थिए। प्रकरणमा उनीहरूमाथि मिलेमतोमा एक व्यवसायीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरेको खुलेको थियो। घटनाबारे डिएसपी नरहरि अधिकारीको नेतृत्वमा प्रारम्भिक छानबिन भएको थियो। उक्त समितिले शाहीमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो।

    थप अनुसन्धानका लागि मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको थियो। शाहीको अदालत उपस्थितिले मुद्दामा नयाँ मोड आउने संकेत देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार