क्वाललम्पुर । मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ ।
मलेसियाली सरकारले १० वर्षअघि उड्डयनको सबैभन्दा ठूलो रहस्यमा बेपत्ता भएको यात्रुवाहक जेटको खोजी पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको हो ।
मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मार्च २०१४ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि २३९ यात्रु लिएर उडेको केही समय पछि बेपत्ता भएको थियो । जो आजसम्म फेला परेको छैन ।
मलेसियाको बोइङ ७७७ को भग्नावशेष पत्ता लगाउने प्रयास वर्षौंदेखि रोकिएको छ र त्यसमा सवार सयौं यात्रीका परिवार त्रासदीले अझै पनि त्रसित रहेका छन्। उनीहरुको शब भए पनि पाउने आशामा कुरिरहेका छन् ।
मलेसियाका यातायात मन्त्री एन्थोनी लोकका अनुसार हालै बसेको मन्त्रिपरिषद्ले सो विमान फेला पार्न अमेरिकामा रहेको समुद्री अन्वेषण फर्म ओशन इन्फिनिटीसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्झौतालाई सैद्धान्तिक रूपमा अनुमोदन गरेको छ। उनले भने, ‘यदी उनीहरुले यो फेला पारे भने शुल्क पाउने छन, यी ओशन इन्फिनिटीले भग्नावशेष फेला पारेनन भने भुक्तानी पाउने छैनन।’
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend