क्वाललम्पुर । मलेसियाले १० बर्ष अघि हराएको बिमान पुनः खोज्ने भएको छ ।
मलेसियाली सरकारले १० वर्षअघि उड्डयनको सबैभन्दा ठूलो रहस्यमा बेपत्ता भएको यात्रुवाहक जेटको खोजी पुनः सुरु गर्न सैद्धान्तिक सहमति जनाएको हो ।
मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मार्च २०१४ मा मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि २३९ यात्रु लिएर उडेको केही समय पछि बेपत्ता भएको थियो । जो आजसम्म फेला परेको छैन ।
मलेसियाको बोइङ ७७७ को भग्नावशेष पत्ता लगाउने प्रयास वर्षौंदेखि रोकिएको छ र त्यसमा सवार सयौं यात्रीका परिवार त्रासदीले अझै पनि त्रसित रहेका छन्। उनीहरुको शब भए पनि पाउने आशामा कुरिरहेका छन् ।
मलेसियाका यातायात मन्त्री एन्थोनी लोकका अनुसार हालै बसेको मन्त्रिपरिषद्ले सो विमान फेला पार्न अमेरिकामा रहेको समुद्री अन्वेषण फर्म ओशन इन्फिनिटीसँग ७० मिलियन अमेरिकी डलर बराबरको सम्झौतालाई सैद्धान्तिक रूपमा अनुमोदन गरेको छ। उनले भने, ‘यदी उनीहरुले यो फेला पारे भने शुल्क पाउने छन, यी ओशन इन्फिनिटीले भग्नावशेष फेला पारेनन भने भुक्तानी पाउने छैनन।’
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend