Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घृणात्मक गतिविधिप्रति सरकार निर्मम बन्छ : गृहमन्त्री लेखक


    बिहिबार, मंसिर २७ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौं – गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण सरकारको मुख्य कार्यभार भएको बताएका छन्।

    बिहीबार काठमाडौँमा आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको धारणा राखे।

    उनले संविधानलाई असफल बनाउन संविधानविरोधी गतिविधिहरू गर्ने र वर्तमान व्यवस्थालाई असफल सावित गर्ने प्रयत्न हुने गरेको उल्लेख गर्दै त्यसका विरुद्ध कडा रूपले उभिनुपर्नेमा पनि जोड दिए। संविधानविरोधी गतिविधिहरू कुनै पनि हिसाबले क्षम्य नहुने लेखकको अडान थियो।

    विकास निर्माण र आर्थिक वृद्धि गर्न नसक्दा जनतामा केही असन्तुष्टि रहे पनि संविधानकै कारण मुलुक समृद्ध बन्न नसकेको भाष्य निर्माण गर्ने दुष्प्रयास भइरहेको उनको भनाइ थियो। उनले नेपालमा ६८ वर्षको अवधिमा सातवटा संविधान बनेको स्मरण गराउँदै संविधान धेरै बन्नु राजनीतिक अस्थिरताको उदाहरण भएको बताए।

    मुलुकमा साइबर अपराधका घटनाहरू बढिरहेको र त्यसमा घृणात्मक अभिव्यक्ति ठूलो समस्याका रूपमा रहेकोमा उनले चिन्ता पनि व्यक्त गरे। त्यस्ता गतिविधिप्रति सरकार निर्मम ढंगले प्रस्तुत हुने उनले स्पष्ट पारे। जनतालाई कानुनी राज्यको प्रत्याभूति दिलाउने सवालमा सरकारले कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार