काठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट गर्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १० प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म होटलले उपलब्ध गराउने विभिन्न सेवामा छुट प्राप्त गर्नेछन् ।
सम्झौतापत्रमा बैंकका चिफ डिजिटल पेमेन्ट इकोसिस्टम विमल लम्साल र होटलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे ।
सम्झौताअनुसार होटलको पेस्ट्री सपमा (न्यूनतम १ हजार रुपैयाँको खरिद गर्दा) १० प्रतिशत, एयरपोर्ट रेस्टुरेन्ट, स्पा तथा फुड एन्ड बेभरेजमा १५/१५ प्रतिशत र फिटनेस सेन्टरमा २० प्रतिशत छुट उपलब्ध हुनेछ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend