काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले चिनिया समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका थिए ।
गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो चार दिने भ्रमणको क्रममा बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्न पनि पुगे ।
भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र चिनिया समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चीन बिचमा ९ बुदेँ समझदारी तथा सहमति पत्रमा हस्ताक्षर भएको थियो भने त्यसपछि राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता भएको थियो, जहाँ राष्ट्रपछि जिनपिङले नेपाललाइ ९ अर्ब रूपैया अनुदान सहयोग गर्ने घोषणा गरेका थिए । साेही साँझ नेपाल र चीन बिच भ्रमणकाे द्दिपक्षीय बक्तब्य जारी गरिएकाे थियाे ।
भ्रमणको तेस्रो दिन बिहान प्रधानमन्त्री ओलीले पेकिङ बिश्वबिधालयमा आफ्नो मन्तब्य राखेका थिए भने दिउँसो नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको थियो । जुन फ्रेमवर्क सम्झौतामा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनकातर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आफनो चार दिने भ्रमण सकाएर बिहान ९ बजे नेपालका लागि प्रस्थान गर्नेछन भने उनी अपरान्ह २ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्रनेछन् ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend