Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कीर्तिपुरको मेयरमा कांग्रेस विजयी, माओवादी दोस्रो, एमाले तेस्रो


    सोमबार, मंसिर १७ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल बिजयी भएका छन् । डंगोल ५ हजार ३ सय ३४ मत ल्याए विजयी भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत ल्याएका छन् ।

    एमालेका सुरेन्द्र मानन्धर तेस्रो भएका छन् । उनले ४ हजार ३३७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार राजमान महर्जनले २ हजार ३६ मत प्राप्त गरेका छन् ।

    माओवादी केन्द्रका उम्मेदवार महर्जन सुरुदेखि तेस्रोमा थिए । तर मतगणनाको अन्तिममा उनी दोस्रो भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार