काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जादैछन्।
चिनियाँ प्रधानमन्त्री लि छियाङ्को औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जान लागेका हुन । सो क्रममा नेपाली प्रधानमन्त्री ओलीलाई चीनले राजकीय सम्मान दिइने जनाइएको छ ।
तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री ओलीको को यो पहिलो औपचारिक विदेश भ्रमण हो । प्रधानमन्त्री ओलीसँग परराष्ट्र मन्त्री आरजु राणासहित अन्य मन्त्री, सचिव र उच्च पदस्थ पदाधिकारी पनि बेइजिङ पुग्दैछन् ।
गत शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण तथा ३२ सदस्यीय भ्रमण टोली बिहीबार स्वीकृत गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली आजै चीनको राजधानी बेइजिङ पुग्नेछन् । भ्रमणको भोलीपल्ट अर्थात मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटबार्ता तथा चिनियाँ समकक्षी लीसँग औपचारिक वार्ता भने मंगलबार गर्नेछन् ।
प्रधानमन्त्री ओलीले चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिइसकेको छ । प्रधानमन्त्री ओली र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजसहित औपचारिक वार्ता हुने कार्यक्रम छ ।
मंगलबारै नेपाल–चीनबिच विगतमा घोषणा भएका परियोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुनेछ, जसमध्ये एक बिआरआइ परियोजना महत्वपुर्ण मानिएको छ।
चीन भ्रमणमा जानु अघि प्रधानमन्त्री ओलीले सोमवार राष्ट्रपति रामचन्द्र पौडेललाइ औपचारिक रूपमा जानकारी गराएका छन भने चीन भ्रमणको अजेन्डा तय गर्नका लागि आइतवार मन्त्रीपरिषद बैठकसमेत बसेको थियो ।
चार दिने भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री ओली मंसीर २० गते स्वदेश फर्कने छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend