Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तिलागुफा नगरपालिका ४ को वडाध्यक्षमा नेमकिपाका शाही बिजयी


    आइतबार, मंसिर १६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत । स्थानीय तह निर्वाचन पहिलो खाता नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले खोलेको छ ।

    कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेमकिपाका खड्कराज शाही निर्वाचित भएका छन् । उनी १४३ मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन् ।

    बिजयी भएका माओवादीका नैशोभा शाहीले ११५, एमालेबाट ऐनबहादुर शाहीले ७८, कांग्रेसबाट पैलन बहादुर शाहीले ४९ मत पाएका छन् । तिलागुफा नगरपालिका ४ मा नेमकिपालाई एकीकृत समाजवादीले सहयोग गरेको थियो ।

    यस्तै राप्रपा १५, स्वतन्त्रले ५ मत पाएका छन् । ४ मत बदर भएको छ । यहाँ ४११ मत खसेको थियो । यो वडा यसअघि माओवादीले जितेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार