काठमाडौं । वि.स . २०५७ साल मंसिर २९ गते सामान्य लगानीबाट स्थापित सिन्सियर सेभिङ एण्ड क्रेडिट कोपअरेटिभ लिमिटेडमा अहिले अबौं अवैध रकम जम्मा भएको छ ।
बैंकर अनिलकेशरी शाहले पोखरामा रबि लामिछानेका विषयमा पत्रकार सम्मेलनमा सहकारीमा आएको लगानीका विषयमा छानविन गर्नुपर्ने बताएका थिए । बास्तवमा त्यही परिवेश सिन्सियर सहकारीमा छ ।
अहिले सिन्सियर सहकारीमा मारवाडी व्यापारी, राजनीतिक दलका नेता, बहालवला र सेवानिवृत प्रहरी अधिकृत, भन्सार, यातायात, मालपोतलगायत घुस लेनदेन हुने कार्यालयका सरकारी कर्मचारीहरु, निर्माण व्यवसायी, गुण्डागर्दीमा संलग्न डनहरुको रकम जम्मा गरिएको छ । तर, बैंकमा केवासी भर्नुपर्ने र १० लाख भन्दा माथिको रकम श्रोत खोल्नुपर्ने भएपनि सहकारीमा बेरोकतोक रकम जम्मा हुने गर्दछ ।
त्यहि रकम बिभिन्न नाममा चलखेल गरी सिन्सियर सहकारीका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी निर्देशक राजेश खड्काले सहकारी ऐनको धज्जी उडाएर अबौं रकम जम्मा गरेका छन् । उनीहरुको मिटर ब्याजी धन्दालाई सहकारीका नियमन निकायहरु खाम बुझेर सहिछाप गर्दै आएका छन् ।
कोही व्यक्ति ऋण लिन आवश्यक परी आउँदा उनले पहिल्यै सेवा शुल्कको नाममा दुई प्रतिशत काटेर लिने गरेका छन् । बाँकी १० प्रतिशत घुस नै खाने गरेको न्यूरोडका एक श्रेष्ठ थरका ब्यापारीले खुलासा गरेका छन् । तर, उनी कहाँ दुई वटा विवरण राख्ने काम हुँदैआएको छ । अडिट र साधारणसभामा एउटा र भित्री मिलेमतो गरी खाने अर्को गरी दुई थरी विवरण कम्प्युटरमा राखिने गरेको एकजना सदस्यले बताएका छन् । त्यसो त ऋण अधिकृत मिरा कर्माचार्यको पनि राम्रै भागशान्ति हिस्सा मिल्ने गरेको एक कर्मचारीले बताए ।
मिरा पनि सहकारीकै कामबाट अहिले करोडपति बनेकी छन् भने अध्यक्ष राजेन्द्र र कार्यकारी निर्देशक राजेश खड्का अर्बपति बनेका छन् । तथापि उनीहरुलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सहकारी विभाग, प्रदेश सहकारी विभाग र महानगरको सहकारी विभाग कतैबाट पनि उनको सहकारी माथि नियमन गरिएको छैन ।
यो सहकारीबाट ऋण लिएर अहिले सयौं जना मान्छेहरु सडकमा आएका छन् । कम मूल्यमै धितो जवर्जस्त लिलाम गरिन्छ । कर्जा लिने समयमा पहिले नै खाली कागजमा सहिछाप गरी राख्ने र तीन किस्ता नतिर्ने बित्तिकै लिलामी गरिदिन्छन् । यस काममा मालपोतका कर्मचारीहरुले पनि सिन्सियर सहकारीबाट रसद पानी पाउने गरेका छन् ।
मालपोतका कतिपय सरकारी कागजात नै लउनको कार्यालयमा अवैध तरिकाले ल्याउने गरिन्छ । यसरी उनसँग ऋण लिएर काभ्रेपलाञ्चोका चेतेन्द्र पन्त, लोकेन्द्र पन्त, रोम पन्त, सोमहरि काफ्ले, केदार ढुंगानालगायत सयौं जना मानिसहरु काभ्रे जिल्लाबाट जायजेथा गुमाएर सुकुम्बासी बनाइएका छन् । तथापि मिटरब्याजी श्रेष्ठ र खड्काको धन्दा दिन दुगुना रात चौगुना बनिरहेको छ ।
अहिले अधिकांश सहकारीहरु संकटमा भए पनि सिन्सियर सहकारीमा भने करोडौं रकम दैनिक जम्मा हुने गर्दछ । राजस्व छल्ने ब्यापारी र घुस खाने कर्मचारीहरुले उनको सहकारीमा रकम जम्मा गर्दै आएका छन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend