काठमाडौं। विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ।
नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ ।
जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ।
सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन सिओमाटको नेतृत्वमा गरिएको अनुसन्धानले देखाएको छ कि जलवायु परिवर्तन सम्बन्धित कारक हरू मध्ये यो पनि एक हो । भु जल पुनर्वितरणले पृथ्वीको घुमाउरो ध्रुवको झुकावमा सबैभन्दा ठूलो प्रभाव पार्छ।
अध्ययनका अनुसार सन् १९९३ देखि २०१० सम्म करिब २ हजार १ सय ५० गिगाटन भूमिगत पानी निकालिएको थियो । यसले ग्रहको झुकावमा ठूलो परिवर्तन ल्यायो। धेरै जसो पानी अन्ततः महासागरहरूमा जान्छ, जसले गर्दा समुद्रको सतह बढिरहेको छ ।
नासाका अनुसार पृथ्वीको यो झुकावका कारण पृथ्वीमा मौसम परिवर्तनहरू भईरहेका छन्। यो पुरानो झुकाव मंगल ग्रहको आकारको वस्तु थियासँग ठूलो पुरातन टक्करको कारण भएको थियो। यो ब्रह्माण्डीय टक्करले स्थायी रूपमा पृथ्वीलाई आफ्नो अक्षमा झुकायो । वसन्त, गर्मी र जाडोको चक्र सिर्जना गरिदियो ।
अध्ययनका अनुसार हालैको झुकावले मौसममा छिटोछिटो परिवर्तन त गर्दैन तर यसले विश्वव्यापी जलवायु ढाँचालाई असर भने गर्न सक्छ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend