काठमाडौं। नेपाल राष्ट्र बैंकले आईतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आईतबार अमेरिकी डलरको भाउ ८ पैसाले घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४२ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । शुक्रबार डलको खरिददर १३४ रुपैयाँ ९० पैसा र बिक्रीदर १३५ रुपैयाँ ५० पैसामा यसको खरिदबिक्र भएको थियो ।
आइतबार युरोपियन युरो को भाउमा ओरालो लागेको छ । आज युरो एक रुपैयाँ ५३ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ५२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ १४ पैसा तोकिएको छ । शुक्रबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको थियो ।
आइतबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १ रुपैयाँ ७६ पैसाले घटेको हो । यसअघि शुक्रबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३८ पैसा कायम थियो ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर ३७ पैसाले घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६३ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ १८ पैसा र बिक्रीदर ३० रूपैयाँ ३१ पैसा कायम गरेको छ ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ र बिक्रीदर ४३९ रुपैयाँ ९५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३५९ रुपैयाँ २८ पैसा निर्धारण भएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend