Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छ : उपप्रधानमन्त्री सिंह


    शनिबार, मंसिर ८ २०८१
    915
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी नि:शुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

    ‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए।

    कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे।
    २०१६ सालमा लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चिकित्सालय अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकोमा सिंहले खुशी व्यक्त गरे।

    ‘पूर्खाले समुदायमा उपचारका लागि सानो कामबाट सुरू गरेको काम अहिले सुविधासम्पन्न अस्पतालको स्वरूपमा आइपुग्दा खुशी लागेको छ,’ सिंहले भने।

    कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै  आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार