Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी


    शुक्रबार, मंसिर ७ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले शुक्रबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    चितवनको साहारा सहकारी पीडित २४ जनाले उनीहरूविरूद्ध पुरक जाहेरी दिएका थिए । साहाराबाट गोर्खा मिडियासहित ५ वटा संस्था तथा कम्पनीमा रकम पठाइएका संस्थाका सञ्चालक तथा पदाधिकारीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको हो ।

    रवि कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् । यसअघि रविलाई पक्राउ गर्न कास्कीसहित रुपन्देही र काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार