Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर


    बिहिबार, पुष २ २०७७
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल र बंगलादेशबीच ५० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि ‘जिटुजी’ सम्झौता भएको छ ।

    बिहीबार भएकाे सम्झौतामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी र बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका अध्यक्ष महमद एमिन उल अहसनले ढाकामा हस्ताक्षर गरेका हुन् ।

    युरिया मलको अन्तर्राष्ट्रिय मूल्यअनुसार प्रतिमेट्रिक टन अमेरिकी डलर २५९.१९५ मा सम्झौता भएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले विज्ञप्तिमार्फत जनाएका छन् ।

    उक्त मूल्य नेपाल सरकारले अनुदानमा प्रदान गर्ने युरिया मलको पछिल्लो अन्तर्राष्ट्रिय बोलपत्रको मूल्यभन्दा प्रति मेट्रिक टन अमेरिकी डलर १८.५२ ले न्यून हो ।

    उनका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एलसी खोलेको दस दिनपश्चात् मल लोडिङ सुरु हुने सम्झौतामा उल्लेख छ भने ५० हजार मेट्रिक टन मल दुई महिनाभित्र बंगलादेशले उपलब्ध गराइसक्ने छ ।

    बंगलादेशको चट्टोग्रामबाट मल मङ्गला जलमार्गमार्फत जेस्वर वा खुल्ना हुँदै रोहनपुर/सिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, विरगन्ज र भैरहवाका गोदामसम्म आपूर्ति हुनेछन् । केही मात्रामा मल चट्टोग्रामबाट भारतको कोलकत्ता वा हल्दिया हुँदै नेपाल ल्याइने प्रवक्ता केसीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार