Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युट्युबमार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की


    बिहिबार, पुष २ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । कनकाइमा रहेको बिपी वन बाटिकाका विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक वन हेरालुले ज्यान मार्ने धम्की दिएको छ ।
      
    कनकाई– ५ मा रहेको वन बाटिकाका विषयमा आएको समस्या स्थानीय राजनीतिक दलसहित सरोकारवालासँगको सर्वपक्षीय भेलाबाट तीन वर्षअघि नै समाधान भएको थियो । पछिल्लो समयका वन हेरालु स्थानीय ज्ञानेन्द्र भट्टराईले बाटिका समिति र वडाका जनप्रतिनिधिले आफूलाई विस्थापित गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल (युट्युब) मार्फत ज्यान मार्ने धम्की दिएपछि समस्या बाहिर आएको हो ।

    स्थानीय सरकारका प्रतिनिधिलाई जोडेर सामाजिक सञ्जालमा आएका विषयप्रति खेद प्रकट गर्दै प्रमुख राजनीतिक दलसहित तीन दर्जन बढी स्थानीय सामाजिक सङ्घसंस्था साथै सरोकारवालाको उपस्थितिमा प्रेस विज्ञप्ति जारी गर्दै भट्टराई परिवारबाट लगाएको आरोपको खण्डन गरिएको छ ।
      
    जनप्रतिनिधिले विस्थापित गरेको भन्ने भट्टराईको आरोपलाई कनकाई– ५ का वडाध्यक्ष कृष्णबहादुर राईले खण्डन गर्नुभयो । बाटिकालाई राज्यको सम्पत्तिका रुपमा हस्तान्तरण गरिसकेकाले कसैले पनि यस विषयमा विवाद नझिक्न आग्रह गरिएको छ ।

    समस्या समाधान गरेर नगरलाई हस्तान्तरण गर्न बाटिका समिति, वडाध्यक्षसहित जनप्रतिनिधि र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले नौ महिनासम्म लगाएर सहजीकरण गरेको थियो । तत्कालीन समयमा भएको सहमतिविपरीत भट्टराईले जनप्रतिनिधिबाट आफू विस्थापित भएको आरोप लगाएको बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार