Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा


    बिहिबार, पुष २ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । 

    प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।

    “किसानसँग जाहेरी लिई, पक्राउ पूर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारवाही अघि बढ्छ”, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भन्नुभयो, “उहाँले अहिलेसम्म पक्राउ भएको भन्ने जानकारी नआएको बताउनुभयो ।” 

    सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् । पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँ आएर आन्दोलन चलाइरहेका छन् । सोही विषयमा मङ्गलबार गृहमन्त्री राबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो । बैठकले उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने निर्णय गरेको थियो । 

    सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाएको हो । कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिनुभयो । नतिर्नेलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उहाँले बताउनुभयो ।

    गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्नेगरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनः आन्दोलित भएका हुन् । प्रतिनिधिसभाका सांसदहरुले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार