Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसद्वारा उखु किसानका माग कार्यान्वयन गर्न माग


    बिहिबार, पुष २ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपाली कांग्रेसले कृषकको उखुको मूल्यको बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । 
     
    कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिका संयोजक पद्मनारायण चौधरीले आज एक विज्ञप्तिमार्फत सरकारले आफ्नो रोहबरमा भएको सहमतिलाई कार्यान्वयन गराउन नसक्नु अत्यन्तै दुःखद् भएको उल्लेख गर्नभएको छ । 
     
    उहाँले उखु बिक्री वापतको भुक्तानी पाउनका लागि गरिब किसान काठमाडौँको चिसोमा चार दिनदेखि पुनः एक पल्ट आन्दोलनरत रहेका उल्लेख गर्दै तत्काल कृषकका माग कार्यान्वयन गर्न माग गर्नुभएको छ । उखु कृषकले आफ्नो पसिनाको मूल्य नपाउनु र बारम्बार काठमाडौँ आई आन्दोलन गर्न बाध्य हुनु अत्यन्त अन्याय र दुःखद पक्ष भएको बताउँदै नेता चौधरीले उक्त विषयप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनुभएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार