Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • लागुऔषध मुद्दाका दोषी कारागार चलान


    बिहिबार, पुष २ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । लागुऔषध मुद्दामा कैद सजायको फैसला भई फरार एक व्यक्तिलाई आज जेल चलान गरिएको छ । 

    उच्च अदालत पाटनको विसं २०६३ को फैसलाले पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना हुने ठहर भई फरार हुँदै आएका काठमाडौँ महानगरपालिका–१६ बस्ने कृष्णभक्त श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । 

    ब्यूरोको टोलीले बुधबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएकामा आजै अदालतले जेल चलान गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समयमा ब्यूरोले फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीको खोज तलासलाई तीव्रता दिएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार