Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ हजार ८ सय ८३ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    बिहिबार, पुष २ २०७७
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर हाल ५ हजार ८ सय ८३ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ५ सय ८० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ८३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार १ सय १९ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ३ सय २६, प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा ८ सय ९४, लुम्बिनी प्रदेशमा ७ सय ७९, कर्णालीमा ९६ र सुदूरपश्चिममा ६ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बुधबार होम आइसोलेसनमा रहने संक्रमितको संख्या ६ हजार ९४ थियो। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार