धनगढी – गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षासंगै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
मंगलबार सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको प्रदेश स्तरिय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले पहिलो आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन् ।
उनले भने- सबै भन्दा पहिलो आवश्यकता शान्ति कायम गराउनु हो, तर सुरक्षा संगै अनुशासन पनि कायम गराउन जरुरी छ । गृहमन्त्री लेखकले मंसिर १६ मा हुनगईरहेको उपनिर्वाचनलाई निश्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गराउने वातावरण बनाउन पनि सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने- लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।
उनले लोकतन्त्र मर्यादित ब्यबस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिबार्य रहेको उल्लेख गरे । गृहमन्त्री लेखकले सिमानाकामा हुने राजस्व चुहावट, लागुऔषध नियन्त्रण, आत्महत्या, विपद, सवारी दुर्घटना जस्ता बिषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै भने- ‘तपाईहरुले काम गरिराख्नु भएको छ तर यत्तिले पुग्दैन थप क्रियासिलता र सकृयता भएर काम गर्नुस, सबै समस्या समाधान हुन्छन ।’
उनले सुरक्षा गोष्ठी औंपचारिकतामा मात्र सिमित नभई सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सडक दुर्घटना लगायतका बिषयमा गम्भीर समीक्षा गरि आगामी योजना बनाउने बताए ।
कार्यक्रममा गृहसचिव गोकर्णमणी दुवाडीको अध्यक्षतामा सुरु भएको सुरक्षा गोष्ठीमा नेपाल प्रहरीका प्रमुख वसन्त कुवँर, शसस्त्र प्रहरी प्रमुख राजु अर्याल,राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख लगायत सुदूरपश्चिमका सुरक्षा निकाय प्रमुख, नौं वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायतको सहभागीता रहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend