Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ७ सय ४९ पुग्याे


    बिहिबार, पुष २ २०७७
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १३ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ७ सय ७६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ६ हजार ५ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ५५ हजार ७ सय २४ पुगेको छ। हाल ४ सय ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार