Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ


    बिहिबार, पुष २ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-२ बस्ने ४१ वर्षीय पूर्णबहादुर सिंह र पाल्पा निस्दी गाउँपालिका-१ बस्ने ४२ वर्षीय मीनबहादुर आले रहेका प्रअहरीले जनाएकाे छ।

    उनीहरूले गुल्मीको रेसुङ्‌गा नगरपालिका १२, भगेरीस्थित ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेकाे प्रहरीकाे दावी छ ।

    प्रहरीले जाँच तथा पैदलयात्रीलाई सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार