काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
सोमबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ०७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ०५ पैसा पाइन्छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७३ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७७ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।
यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ०१ र बिक्रीदर ४३९ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend