काठमाडौं । बिहीबार सुनको मूल्य बढेकाे छ ।
बुधबार तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९३ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुन बिहीबार तोलामा ९३ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार तोलामा १ हजार २५५ रुपैयाँमा कारोबार भएको हो ।