Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • किर्तिपुरमा माओवादीका उम्मेदवारलाई नेकपा एसले सघाउने


    आइतबार, मंसिर २ २०८१
    1.3K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् ।

    मंसिर १६ को स्थानीय तह उपचुनावका लागि एकीकृत समाजवादीसँग तालमेल गरेको माओवादीले महर्जनलाई उम्मेदवार बनाएको हो ।

    शनिवार माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयरमा माओवादी र काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा नेकपा एसलाई उठाउने सहमति गरे पछि सो स्थानमा महर्जन उम्मेदवार भएका हुन्।

    सो दिपक्षिय सहमतिअनुसार अब कीर्तिपुरको मेयरमा माओवादीका महर्जनलाई नेकपा एसले सघाउनेछ भने नेकपा एमले काठमाडौं– १६ मा उठाएका वडाध्यक्ष उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार