काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कीर्तिपुर नगरपालिकाको मेयर र वडा नम्बर ४ को अध्यक्षमा तेस्रो लिङ्गी महिलालाई उम्मेदवारी बनाएको छ ।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको समावेशिता र प्रतिनिधित्वको आवाज उठाउँदै आएको ‘मायाको पहिचान नेपाल’को पहलमा जसपा नेपालले दुई पदमा अल्पसंख्यकलाई मौका दिएको हो ।
तेस्रो लिङ्गी महिला एवम् कीर्तिपुरमा रहेको समर्पण सभ्य समाज नेपालका सचिव हनी महर्जन र स्वयंसेवी मौनी महर्जनले जसपा नेपालबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
जसपा नेपालका उपाध्यक्ष विद्युत् बज्राचार्यले काठमाडौँ जिल्ला अध्यक्ष विक्रम पौडेल, मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे, नेपालमा दोस्रो पटक भएको मिस्टर गे हेन्डसमका उपाधि विजेता मनिन्द्र सिंह दनुवारलाई साक्षी राखेर उनीहरूलाई उम्मेदवार घोषणा गरेका थिए।
जसपा नेपालले उम्मेदवारको पत्र दिएसँगै मायाको पहिचान नेपालले र्यालीसहित दुवैजनाको उम्मेदवारी आइतबार दर्ता गराएको छ ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेतृत्व र प्रतिनिधित्व गरेर हनी र मौनीले उम्मेदवारी दिएका हुन् । हनि तेस्रो लिङ्गी पथप्रदर्शक पनि हुन्। उनी पर्यटक गाइड गर्छिन्।
कीर्तिपुरमा हनि तेस्रो लिङ्गीसँगै टुरिस्ट गाइडका रुपमा परिचित छन्। मौनी तेस्रो लिङ्गी मोडल हुन् । हनि र मौनी पहिलो पटक राजनीतिमा होमिएका हुन् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend