Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट विराटनगरका सबै विद्यालय खुले


    बिहिबार, पुष २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । विराटनगरका सबै विद्यालय आजबाट सञ्चालनमा आएका छन् । कोरोना भाइरस (काेभिड-१९)को महामारीले चैतदेखि बन्द विद्यालय आजबाट स्वास्थ्य सावधानीका उपाय अपनाएर खुला गरिएको हो ।

    महानगरको शिक्षा समितिले मंसिर २१ गते बैठक बसेर विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    विद्यार्थी तथा शिक्षकले मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी अनिवार्य पालना गर्नुपर्ने छ । कतिपय विद्यालयले पोसाक अनिवार्य गरेका छैनन् ।

    पोसाकभन्दा पनि चिसोबाट बच्ने खालका कपडा लगाएर बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेको महानगरका मेयर भीम पराजुलीले बताए ।

    २०७७ कात्तिक २० गते मन्त्रिपरिषद्बाट पारित कोभिड –१९ सन्दर्भमा विद्यालय सम्बन्धी कार्य ढाँचा–२०७७ को निर्देशिकाअनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरभित्र ७६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार