Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं- १६ को अध्यक्षमा एमालेका तुलाधरको उम्मेदवारी दर्ता


    आइतबार, मंसिर २ २०८१
    1.6K
    Shares
    रजनी श्रेष्ठ
  • १ मिनेट पाठ
  • काठमाडौं – काठमाडौं महानगरपालिका–१६ को वडा अध्यक्षमा नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरले उम्मेदवारी दर्ता गरेका छन् ।

    एमालेले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं- १६ को अध्यक्षमा तुलाधरलाई उम्मेदवार बनाएको हो । तुलाधर उम्मेदवारी दर्ता गर्न बाजागाजासहित आफ्ना समर्थक र शुभेच्छुकहरुसँग निर्वाचन कार्यालय पुगेका थिए ।

    तुलाधरको उम्मेदवारी दर्ता गर्न एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता रघुजी पन्त, कृष्ण राईलगायत सहभागी भएका छन्।

    २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालसँग पराजित भएका थिए। वडाध्यक्ष रिजालको २०८० भदौमा निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार