Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुखुरा फार्ममा आगलागी हुँदा ९ सय चल्ला जले


    बिहिबार, पुष २ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । मोरङको बेलबारीस्थित एक कुखुरा फार्ममा आगालगी हुँदा ९०० चल्ला जलेका छन् । बेलबारी-९ माझी गाउँमा नारायण आचार्यले सञ्चालन गरेको फार्ममा बिहीबार बिहान २ बजेतिर लागेको आगोमा ९०० चल्ला जलेर मरेको बेलबारी प्रहरीले जनाएको छ ।

    आगो तत्काल नियन्त्रणमा लिन नसक्दा फार्ममा भएका सबै चल्ला जलेर मरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । आचार्यका अनुसार फूसको छानो भएको फार्ममा आठ सयवटा ब्रोइलर र एक सयवटा लोकल कुखुराका चल्ला पालिएको थियो ।

    विद्युत सर्ट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ । आगोले फार्म पूर्ण रुपमा जलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार