Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्तिपुरको मेयरमा नेसपाका महर्जनद्वारा उम्मेदवारी दर्ता


    आइतबार, मंसिर २ २०८१
    1.4K
    Shares
    रजनी श्रेष्ठ
  • २ मिनेट पाठ
  • काठमाडौं- कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् । एकीकृत समाजवादी र नेसपाको महिन्द्रराय यादव समूहले भने कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

    उपनिर्वाचन कार्यतालिका अनुसार ३ मंसिरमा उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ भने ४ गते बेलुकाम्म उजुरी उपर जाँचबुझ गरी निर्णय दिनुपर्नेछ । त्यस्तै ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

    त्यसपछि त्यसै दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ र निर्वाचन चिह्न पनि त्यसै दिन दिइनेछ । १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार