डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्ने बताएका छन् ।
सोमबारदेखि गृहजिल्ला डडेलधुरा भ्रमणमा रहेका सभापति देउवाले नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
देउवाले संविधान राष्ट्र हितका लागि संशोधन गर्नुपर्ने बताए । उनले राष्ट्रलाई फाइदा हुनेगरी संविधान संशोधन गर्न दुई दल तयार रहेको र अरू दलहरूलाई पनि समेटिने बताए ।
अरू दलहरूलाई पनि समेटेर दुई तिहाइ र्पुयाउने र संविधान संशोधन गर्ने सहमति भएकाले सभापति देउवाको भनाइ छ ।
गठबन्धन भत्किने कुराहरू आमसञ्चार माध्यमबाट सुन्ने गरेको भन्दै सभापति देउवाले त्यस्तो नहुने बताए । वर्तमान सरकारले राजनीतिक प्रतिशोधले सहकारी ठगीका रूपमा कसैलाई थुन्यो भन्नु गलत भएको सभापति सभापति देउवाको भनाइ छ ।
सहकारीमा दोषी भएका जो कोहीलाई पनि नियमअनुसार कारबाही गरिनुपर्ने उनले बताए ।
एमाले–कांग्रेस गठबन्धन सरकार संविधान संशोधन गर्ने प्रतिबद्धतासहित गठन भएको थियो । तर सरकार गठन भएको ४ महिना बितिसक्दा पनि संविधान संशोधनको दिशामा कुनै पहल हुनसकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend