Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्यापारीसँग सशस्त्रका घुमुवाको मोलतोल, विवाद बढ्दै जाँदा हात हालाहाल


    शनिबार, मंसिर १ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • नवलपरासी । भन्सारछली तस्करी बढ्दा राजस्व असुली लक्ष्य अनुसार हुनसकेको छैन । खुला सीमाको फाइदा उठाउँदै भारतबाट चिनीदेखि खसीबोका र कुुखुराका चल्ला नेपालमा भन्सारछली गरी भित्रने गरेको छ । पश्चिम नवलपरासीका भारतसँग जोडिएका बलिनगर, नेपालबाट लसुन, केराउ, इलेक्ट्रिक लाइटर, भेप, ब्राजिलियन मकै भारततर्फ तस्करी हुने निर्वाध हुँदैआएको छ ।

    नवलपरासीको बलिनगर, महेशपुर र भुजहवा गुठीबाट तस्करी हुँदैआएको छ । भुजहवाबाट सबैभन्दा बढी केराउ, चल्ला , चिनी , मलखाद तस्करी हुन गरेको स्रोतले जनाएको छ । सशस्त्र प्रहरीको २६ गण पश्चिम नवलपरासीका एसपी प्रकाश वाग्लेले ब्यापारीहरुसँग लाइन मिलाउन सादा पोशाकमा घुमुवा परिचालन गरेका छन् ।

    नवलपरासीका सीमा क्षेत्रबाट भन्सारछलीका सामान भित्र्याउने ब्यापारीसँग नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएका सादा पोशाकका घुमुवाहरुले दररेट तय गरी लाइन दिने गरेका छन् । यसैक्रममा एक ब्यापारीसँग बार्गेनिङ गर्ने क्रममा घुमुवाहरुको झडप नै भएको स्रोतले बताएको छ । घटना गएको कात्तिक २५ गतेको हो । सशस्त्र प्रहरी गण नम्बर २६ नवलपरासीका प्रमुख एसपी प्रकाश वाग्लेले खटाएका घुमुवा सप्रसनि(असई) गणेश यादव र सहायक हवल्दार दयानन्द नाउँले बेलासपुरको एक रेष्टुरेन्टमा ब्यापारी जैसवालसँग बार्गेनिङ गर्ने क्रममा हानाहानको अवस्था आएको थियो ।

    स्रोतका अनुसार सशस्त्र प्रहरीको २६ नं. गणकै सामुन्ने सिङ्घानियाले संचालन गरेको चौधरी रेस्टुरेन्टमा घुमुवा असई यादव र नाउँले ब्यापारी जैसवालसँग बार्गेनिङ गरेका थिए । घुमुवा र ब्यापारीबीचको मोलतोल नमिलेपछि विवाद भएको थियो । विवाद बढेर हात हालाहालको अवस्था आएपछि रेष्टुरेन्ट संचालकले नै छुट्याउनुपरेको थियो ।

    यसैबीच, नेपालफेस डटकमले गएको कात्तिक २५ गते सशस्त्र प्रहरीको बलिनगर बीओपीका इन्चार्ज र नेपाल प्रहरीको रामनगर प्रहरी चौकीका इन्चार्जको सेटिङमा तस्करी मौलाएको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारपछि १० महिनादेखि रामनगर प्रहरी चौकीको इन्चार्ज रहेका राजाराम कुर्मी तानिएका थिए ।

    सशस्त्रको बलिनगर बीओपीका इन्चार्ज इन्स्पेक्टर सन्तोष सापकोटा पनि तानिएका छन् । तर उनले अहिलेसम्म पनि बलिनगरबाट रमाना लिएका छैनन् । सशस्त्र प्रहरी बलका महानिरीक्षककै सचिवालय अन्तर्गतको उजुरी छानबिन तथा अनुगमनका डीएसपी सुदिप रेग्मीकै आशीर्वाद रहेकाले उनी सरुवा भए पनि रमाना नलिई बलिनगरमै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार