काठमाडौं । आज २०८१ साल मंसिर १ गते शनिबारको राशिफल ।
मेष
आज कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नुका साथै नयाँ मिटिङको लागि पनि उत्तम समय रहेको छ । आफूले गरेको कार्यमा उच्च अधिकारीको सहयोग मिल्ने योग रहेको छ। आजको यात्रा सफलतादायक रहनेछ भने जीवन साथीबाट उपहार मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
मिथुन
आजको दिन हत्तार गरेर कुनै निर्णय नलिनुहोला । नयाँ कामको थालनी गर्न पनि उपयुक्त नहोला । विदेशतिरबाट शुभ सूचना मिल्नेछ। आफ्नो जीवनसाथीको स्वास्थ्यमा भने विशेष ध्यान पुर्याउनु होला। कानुनी कार्यको लागि पनि आज उचित समय छैन । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ ।
सिंह
कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कामको चर्चा हुनेछ। आजको दिन तपाईंले अरुका लागि बुद्धि खर्च गर्नुपर्ने हुनसक्छ। विद्यार्थीहरूको पढाइमा मन लाग्नेछ। आजको शुभ रंग केसरि हो भने शुभ अंक ४ रहेको छ ।
तुला
आज जीवन साथीद्वारा उपहार मिल्ने योग छ। साझेदारी व्यापारमा लाभ हुनेछ। भौतिक साधन जुट्नेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ भने प्रेम सम्बन्धमा माया बढ्नेछ। आजको दिन शुभ रंग रातो हो भने शुभअंक ७ रहेको छ ।
धनु
आज स्वास्थ्यमा ध्यान दिनुपर्ने हुन्छ। विशेषगरि पेट सम्बन्धी समस्या हुने भएकाले आफ्नो खानपानमा अलि ध्यान पुर्याउनु पर्ने हुन्छ । आर्थिक पक्ष मजबुत बनाउन कसैबाट सल्लाह मिल्ने छ। घरभन्दा बाहिर धेरै समय बित्ने योग रहेको छ। विदेशतिरबाट खासै राम्रो सुचना नआउन सक्छ। आजको शुभ अंक ६ हो भने शुभ रंग पहेलो रहेको छ ।
कुम्भ
नयाँ कामले गर्दा दिनचर्यामा बदलाव हुनेछ। हजुरको साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। वाहनमा खर्चको योग छ यात्रा गर्नुभन्दा पहिले वाहन चेकजाँच अवश्य गर्नुहोस् । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ ।
बृष
समाजमा सम्मान बढ्ने छ। व्यापारमा लाभ हुनेछ भने सरकारी नोकरीमा रुकेका काम बन्ने योग रहेको छ । आज वाणीले गर्दा सबैलाई आफ्नो बनाउन सक्नुहुन्छ। आजको शुभ अंक २ हो भने शुभ रंग गुलाबी रहेको छ ।
कर्कट
आजको समय उत्तम रहनेछ । सेयर मार्केट वा भवन निर्माण सम्बन्धी कामले लाभ दिने छ। यात्राको योग पनि रहेको छ। नयाँ कार्यको योजनाहरू बन्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।
कन्या
आज आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिनुहोला, मन अशान्त हुनेछ तथा कुनै कार्य गर्दा अनुमानितभन्दा धेरै समय लाग्नेछ। आजको दिन कसैलाई गलत वाचा गरेमा त्यसले अत्याधिक नकारात्मक प्रभाव पार्नेछ। आकस्मिक धनहानिका योग छन् । ठूलो निर्णय लिनुभन्दा पहिला परिवारको सल्लाह लिनुहोस्। आजको दिन शुभ रंग निलो हो भने शुभअंक ६ रहेको छ ।
बृश्चिक
आजको दिन कार्यक्षेत्रमा नयाँ योजनाहरू बन्नेछन् भने व्यापारमा सामान्य लाभ रहनेछ।आजको दिन कसैलाई ऋण नदिएकै उचित हुनेछ। प्रतियोगी या परीक्षार्थीहरूलाई आज अलि संघर्षपूर्ण समय छ। वाहन चलाउँदा ध्यान दिनुपर्ने हुन्छ।आजको दिनको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ ।
मकर
सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घर जग्गा किनबेचका योग छ। प्रेम सम्बन्ध सुमधुर देखिन्छ भने दाम्पत्य जीवन पनि सुखमय रहनेछ। चलचित्र हेर्ने , पार्टी गर्ने लगायत कार्यहरूमा साथीहरू धेरै समय बिताउने योग छ। आजको शुभ रंग खैरो हो भने शुभअंक ६ रहेको छ ।
मीन
घर परिवारबाट सहयोग मिल्नेछ। ससुरालीपक्षबाट आर्थिक लाभका योग छन्। व्यापारीहरूलाई व्यापारमा नयाँ चुनौतीहरू आउनेछन्। सरकारी क्षेत्रमा अधिकारी वर्गहरूको सहयोग मिल्नेछ। यात्राको दौरान महत्त्वपूर्ण सूचना मिल्नेछ।
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend