काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी, २० सांसद र नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मुद्धा दर्ता भएसँगै यो मुद्धाको पेसी मंसिर ३ गतेका लागि तोकिएको छ ।
अधिवक्ता अनुपम भट्टराईले दायर गरेको अदालतको अवहेलना निवेदनमा सर्वोच्च अदालतले मंसिर ३ गते प्रारम्भिक सुनुवाइका लागि पेसी तोकेको हो ।
यसअघि सर्वोच्चले यो रिटलाई दरपिठ गरिदिएकोमा न्यायाधिश विनोद शर्माको इजलासले मंगलबार दरपिठ खारेज गर्दै मुद्धा दर्ता गर्न आदेश दिएको थियो ।
निवेदनमा भट्टराईले रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा हुँदा पनि पार्टीको सभापतिकै रूपमा प्रतिनिधित्व गरिरहेको र पार्टीबाट प्रतिनिधित्व गर्ने सांसद, पार्टीका सदस्य तथा शुभेच्छुकलाई संयमित हुन निर्देशन दिएको उल्लेख गरेका छन् ।
साथै रिटमा अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र आम जनतालाई उतारेर न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी गर्दै हदसम्मको सजाय गर्न माग गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend