Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर


    बुधबार, पुष १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ललितपुर । महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आज संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

    कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम युवा शक्तिलाई उत्पादनसँग जोडेर बेरोजगारी न्यूनीकरणमा मद्दत गर्नेछ ।” सो समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक तथा श्रमिक शक्तिको उचित व्यवस्थापनमा समेत ठूलो टेवा पु¥याउने उहाँको भनाइ छ ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वयनमा चुनौती भए तापनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने दाबी गर्नुभयो ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार