Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कटुवा पेस्तोलसहित पक्राउ


    बुधबार, पुष १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • राैटहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा राैटहटका कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम रहेका प्रहरीले जनाएकाे छ।

    ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बिआर ३० डब्लु-४८७३ भारतीय नम्बरको मोटरसाइकलमा सवार आलममाथि शंका लागेपछि खानतलासी गर्दा मोटरसाइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक बरामद गरिएको छ ।

    पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार