Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या अढाइ लाख नाघ्यो


    बुधबार, पुष १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार ९१६ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा पाँच हजार ५५५ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पिसिआर परीक्षण गरिएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ३९ हजार ४१६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८४७ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर नौ हजार ७५७ सक्रिय सङ्क्रमित रहेका छन् ।    

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार