Nepal Face
  • बिहिबार, २७ कार्तिक २०८३
  • ६ हजार ९४ जना कोरोना संक्रमित होम आइसोलेसनमा


    बुधबार, पुष १ २०७७
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं – देशभर हाल ६ हजार ९४ कोरोना संक्रमित होम आइसोलेसनमा छन्। ९ हजार ७ सय ५७  कुल सक्रिय संक्रमितमध्ये ६ हजार ९४ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बाँकी ३ हजार ६ सय ६३ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्। 

    होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ। बागमती प्रदेशमा मात्र ३ हजार २ सय ५५ जना संक्रमित होम आइसोलेसनमा छन्। 

    प्रदेश १ मा ३ सय १३, प्रदेश २ मा ४४, गण्डकी प्रदेशमा ९ सय ६८, लुम्बिनी प्रदेशमा ७ सय ९८, कर्णालीमा १ सय ७ र सुदूरपश्चिममा ६ सय ९ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार