Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए


    बुधबार, पुष १ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई  कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९३ हजार ७९६ जना संक्रमित भएका छन्, जसमध्ये ४५० जनाको मृत्यु भएको छ। हालसम्म ८९ हजार १७९  जना निको भएका छन्।ललितपुरमा १४ हजार ५९८ जना संक्रमित भएका छन्। जसमा १३७ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ६९९ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५४८ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार १०० जना निको भएका छन्।

    आज काठमाडौमा ४ हजार १६७ ललितपुरम ७६२ र भक्तपुरमा ३५१ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार