Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ७४३ पुग्यो


    बुधबार, पुष १ २०७७
    560
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा एकै दिन थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार १४ जना संक्रमितको मृत्यु भएको थियो। 

    एकै दिन ७ सय ३६ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ। कुल संक्रमितमध्ये ९ हजार ७ सय ५७ जना सक्रिय संक्रमित छन्। 

    गत २४ घण्टामा ५ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ४९ हजार १ सय ३६ पुगेको छ। हाल ४ सय ५२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार