Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ११ सहसचिव सरुवा: को कहाँ ?


    बुधबार, पुष १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । एघारा सह सचिवहरुको सरुवा भएको छ ।

    सरुवा हुने सह सचिवहरुमा तारानाथ अधिकारी,झक्क आचार्य,छवि रिजाल,बुद्ध गुरुङ,बद्री अधिकारी,राजेश पौडेल,किरणराज शर्मा,मधुसुदन बुर्लाकोटी,नारायण भट्ट लगायत छन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूकाे सरुवा गरेको हाे ।

    मन्त्रालयले बाग्मती प्रदेशका मधुसूदन बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । यस्तै सूचना विभागका महानिर्देशक किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।

    यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयका झक्क आचार्य गृह मन्त्रालयमा पठाइएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजाललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ । त्यस्तै श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका राजेश पौडेललाई लोक सेवा आयोगको कार्यालय, राष्ट्रपति कार्यालयका बद्री अधिकारीलाई श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा पठाइएको छ भने कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कमल भट्टराईलाई प्रदेश नम्बर १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार