Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उखु किसानकाे आन्दोलन भुक्तानी नपाएसम्म जारी रहने


    बुधबार, पुष १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । उखु किसानले बुधबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएर आइतबारदेखि आन्दोलन शुरु गरेका किसानले उखुको बाँकी भुक्तानी नपाउँदासम्म आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

    सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र भुक्तानी दिने गरी किसान र उद्योगीबीच सम्झौता गराएको थियो ।

    तरपनि उद्योगीहरुले एकवर्ष सम्म पैसा नदिएपछि काठमाडौं आएर फेरि आन्दोलन गर्न बाध्य भएको किसानहरुले बताएका छन् । बुधबार उखु किसानहरु हातमा उखु लिएर माइतीघर मण्डलामा उभिएका थिए ।

    सरकारले उखुको भुक्तानी दिलाउने जिम्मेवारी लिएर पनि दिलाउन नसकेको भन्दै किसानहरुले यसपटक निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

    उता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानहरुलाई वार्ताका लागि मन्त्रालय बोलाएको छ । तर किसानहरु भने सरकार र उद्योगीहरुबीच मिलेमतो भएको भन्दै वार्ताका लागि मन्त्रालय गएका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार