काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको स्थलगत निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु सहभागी रहेका थिए ।
२०७९ सालको पुस महिनाबाट सुरु भएको ग्वार्को फ्लाईओभर निर्माणको काम गत फागुन मसान्तमा सक्नुपर्ने थियो । तर तोकिएको समयमा सम्पन्न भएको छैन ।
ग्वार्को फ्लाई–ओभर ४९० मिटर रहनेछ । जहाँ बालकुमारीतर्फबाट २८० मिटर लामो र्याम र सातदोबाटोबाट तर्फबाट १३५ मिटर लामो र्याम रहनेछ । फ्लाई–ओभरको उचाइ भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६ मिटरको रहनेछ ।
हाल चक्रपथ आठ लेनको रहेको छ । त्यसको बीचमा चार लेनलाई फ्लाई–ओभरमार्फत माथि उठाइनेछ र चक्रपथमै आवतजावत गर्ने सवारीहरू चल्नेछन् । मङ्गलबजार इमाडोल मङ्गलबजार सञ्चालन हुने सवारीहरू भने फ्लाई ओभर मुनिबाट चल्नेछन् ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend