काठमाडाैं । भक्तपुरमा रहेकाे एउटा पोल्ट्री फार्ममा आगलागी भएकाे छ । चाँगुनारायण नगरपालिकामा रहेकाे पोल्ट्री फार्ममा आगलागी हुँदा २७ सय कुखुरा जलेका छन् ।
प्रहरीका अनुसार चाँगुनारायण-८ जितपुरका दीपक गिरीले सञ्चालन गरेको पोल्ट्री फार्ममा आगलागी भएको हो।
आगलागीबाट १५ लाख रुपैयाँ बराबरका प्यारेन्ट कुखुरा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
गहुँको छवालीले छाएर बनाइएको फार्ममा भुसे चुलोबाट आगो सल्किएको प्रहरीले जनाएको छ।