Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पत्रकार डेकेन्द्र थापा हत्यामा संलग्न फरार अभियुक्त पक्राउ


    बुधबार, पुष १ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक जना फरार अभियुक्तलाई प्रक्राउ गरेको छ । द्वन्द्वकालमा मारिएका पत्रकार थापाको हत्यामा सलंग्न भएका भनिएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीय हरिलाल पुनलाई मंगलबार प्रक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    जिल्ला अदालत दैलेखले २०७१ मंसिर २१ गते थापाको हत्यामा संलग्न भएको भन्दै ९ जनालाई दोषी ठहर गरेको थियो । फैसलामा पुनलाई २ वर्ष कैद सजाय तोकिएको थियो । यसअघि पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनी फरार रहेका थिए ।

    फरार रहेका उनलाई आफ्नै घरबाट प्रहरीले प्रकाउ गरेको हो । अब पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले प्रहरीले पक्राउ गरेको डीएसपी अनुपम श्रेष्ठले बताए ।

    २०६१ साउन २७ गते नौमुलेको द्वारीमा तत्कालीन माओवादी कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटेर सास छदै खाल्डोमा गाडेर पत्रकार थापाको हत्या गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार