Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यू-१९ महिला टी-२० विश्वकप छनौटमा आज नेपालको सामना युएईसँग


    शनिबार, कार्तिक २४ २०८१
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज युएईविरुद्ध खेल्दै छ ।

    दुबईस्थित द सेभेन स्टेडियममाहुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदै छ ।

    प्रतियोगितामा नेपाल र युएई दुवैले आफ्ना शुरुका २-२ खेल जितेका छन् । नेपाल र युएईले थाइल्याण्ड र कुवेतलाई पराजित गरेका छन् ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार