Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युएईले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै


    बुधबार, कार्तिक २८ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत आज अन्तिम खेल घरेलु टिम युएईविरुद्ध टस हारेको छ ।

    दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेलमा युएईले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

    प्रतियोगितामा युएई ५ खेलमा सबै खेल जितेर १० अंकसहित शीर्षस्थानमा छ भने नेपालले ५ खेलमा ४ जित र एक हार बेहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ । आज हुने यस खेलले विश्वकपमा छनौट हुने टिमको निर्णय लिने छ । नेपाल यस खेलमा फराकिलो अन्तरको जित हासिल गर्नुपर्ने अवस्थामा रहेको छ । २ अंकले पछि रहेको नेपालले युएईलाई राम्रो रनरेटमा पछि पारेर शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ ।

    छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार